काठमाडौं, माघ १६ – सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विहीबार छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम गरेको हो ।
विहीबार सुन तोलामा ७ सय रुपैयाँले बढेर ७६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी विहिवार तजावी सुनको मूल्य पनि प्रतितोला ७ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुन बुधवार प्रतितोला ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ ।आज चाँदी प्रतितोला ८सय ८० रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS