काठमाडौं, फागुन ८ – लगातार बढीरहेको सुनको भाउले बिहीबार नयाँ कीर्तिमान कायम गरेको छ । विहिवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।
बुधवार प्रतितोला ७७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको विहिवार ७७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यो भाउ इतिहासकै महँगो हो ।
त्यसै गरी बुधवार प्रतितोला ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा विहिवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७७ हजार ३०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।
चीनमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनको भाउ लगातार बढेको छ । यो भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
बिहीबार चाँदी पनि तोलामा ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS