काठमाडौं, भदौ १ । लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट देखिएको छ। नेपाल सुन चाँदी व्यवसायी महांघका अनुसार शनिबार प्रतितोला रु ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आइतबार प्रतितोला ५०० रुपैयाँले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको छ।
तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ। तेजाबी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर ७० हजार ७०० रुपैयाँमा कारोबार भएको छ। शनिबार तेजाबी सुन प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोवार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ। शनिबार प्रतितोला ८४० रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य आइतबार प्रतितोला ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
पछिल्लो एक महिनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ। साउन महिनामा मात्रै सुनको मूल्य प्रतितोला रु छ हजारसम्मले बढेको थियो।
FACEBOOK COMMENTS