काठमाडौं, माघ २७ –नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदी तोलामा १३४० रुपैयाँमा कारोबार भएको छ । सोमबार १३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १३४० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।
FACEBOOK COMMENTS