काठमाडौं, कार्तिक १४ – दसैंपछिको दोस्रो दिन पनि सुनको मूल्य घटेको छ। शुक्रबार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो। शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। कात्तिक ६ गते प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य कात्तिक १३ गते प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो।
FACEBOOK COMMENTS