काठमाडौं, जेठ ६ – बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बुधबार तोलामा एक सयले घटेको सुनको मूल्य आज भने बढ्न पुगेको हो ।
आज छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम गरिएको छ । यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले सस्तिएको छ । चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँ रहेको थियो ।
FACEBOOK COMMENTS