काठमाडौँ, १९ चैत –नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९०० रुपैयाँ बढेर तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ११९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS