काठमाडौं, असोज २३ – लगातार घटिरहेको सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्यमा १५ रुपैयाँले वृद्धि भएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS