काठमाडौं, भदौ ३० – सोमबार बढेको सुनको मूल्य मंगलबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ६०० रुपैयाँ प्रतितोलाका दरले बढेको हो ।
सोमबार नेपाली बजारमा छापावाल सुनको कारोबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँका दरले भइरहेकोमा मंगलबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको छ ।
यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँका दरले रहेको थियो ।
मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ । यसअघि सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ र आइतबार ९५ हजार ९ सय रुपैयाँ प्रतितोला रहेको थियो ।
मंगलबार चाँदीको मूल्य १३ सय ४० रुपैयाँ प्रतितोला पुगेको छ । यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS