काठमाडौं, चैत ४ –बुधबार सुनको मूल्य बढेको छ । मंगलबार ८६ हजार ६०० रुपैंयामा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला ३०० रुपैयाँले बढेर प्रतिताला ८६ हजार ९०० रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको प्रतितोला ८६ हजार ४सय ५० रुपैयाँमा कारोबार भइरहको छ ।
यता, चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतिताला १० रुपैयाँले घटेर प्रतितोला १२ सय ७० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS