काठमाडौं,कार्तिक २१ – बुधबार तोलाको ६ सय रुपैंयाले घटेको सुन बिहीबार फेरी बढेको छ । बिहिवार सुन तोलामा ४ सय रुपैंयाँले बढेको हो ।
बुधबार प्रतितोलामा ७० हजार २ सय रुपैंयामा कारोबार भएको छापावाल सुन विहिवार तोलाको ७० हजार ६ सय रुपैंयाका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरि बिहीबार तेजावी सुनको मुल्य ७० हजार ३सय कायम गरिएको छ । त्यस्तै गरी बुधबार चाँदी ८४५रुपैंयामा कारोबार भइरहेको चाँदी आज ८ सय ५० रुपैंयामा कारोवार भइरहेको छ ।
FACEBOOK COMMENTS