काठमाडौं,फागुन ९ – सुनको भाउ दिनप्रतिदिन महङ्गो भएको छ ।फागुनको सुरुवातदेखि नै बढ्न थालेको सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजाबी सुन प्रतितोला ७७ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ९ सय १५ रुपियाँमा किनबेच भइरहेको छ ।
यो अहिलेसम्म कै महङ्गो भाउ हो । गएको फागुन १ गते तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता नौ दिनमै तोलामा २१ सय रुपैयाँ बढेको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरस विश्वमै फैलिएपछि सुनको माग बढेको र भाउ अझै बढ्ने संभावना रहेको छ ।
FACEBOOK COMMENTS