काठमाण्डौं– सुनचाँदी व्यवसायमा देखिएका समस्या र तीनको समाधानका सघाउ पु¥याउने उद्देश्यले काठमाडौंमा ‘सुनचाँदी पेसा सञ्चालनसम्बन्धी सचेतना कार्यक्रम’को आयोजना भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको आयोजनामा भएको सो कार्यक्रममा सरकरी निकायका प्रतिनिधि तथा व्यवसायीहरूले यस क्षेत्रमा देखिएका समस्या र तीनको निराकरणका विषयमा छलफल गरेका हुन् ।
कार्यक्रममा गुणस्तर तथा नापतौल विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले कुनै पनि पेसा व्यवसाय गर्नुपूर्व त्यससम्बन्धी कानुनी पक्षको जानकारी अपरिहार्य भएको बताए । कानुनी पक्षलाई ख्याल नगर्दा व्यवसायीहरू बेलाबखत समस्यामा पर्ने गरेको उल्लेख गर्दै उनले कानुनभन्दा माथि कोही नहुने भएकाले कानुनले तोकेको सिमाभित्र रहेर आ–आफ्नो पेसा व्यवसाय सञ्चालन गर्न सबैसँग आग्रह गरे ।
सुनचाँदीको व्यवसाय सञ्चालन गर्दा तौल गुणस्तर, जर्ती, ज्याला जस्ता विषयलाई गम्भीरतापूर्वक लिन पनि उनले आग्रह गरे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले विभिन्न कानुनी अड्चलका कारण व्यवसायमा समस्या परेको भन्दै त्यस किसिमको अड्चन फुकाउन सरकारी निकायसँग आग्रह गरे ।
FACEBOOK COMMENTS