काठमाडौं । सुन तथा सुनका गहनामा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरालगायत बहमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खोरजीको माग गर्दै आन्दोलनरत सुनचाँदी व्यवसायीलाई सरकारले वार्तामा बोलाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको अगुवाइमा आन्दोलन गरिरहेका सुनचाँदी व्यवसायीलाई अर्थ मन्त्रालयले छलफलमा बोलाएको हो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरमा भ्याट लगाउने घोषणा गरेलगत्तै व्यवसायी आन्दोलित बनेका थिए । पछिल्ला केही दिनयता कारोबार ठप्प पारेर व्यवसायीहरूले आन्दोलन गरिरहेका छन् ।
FACEBOOK COMMENTS