काठमाडौं,फागुन १०- चीनमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो ।
नेपाली व्यवसायीले चीनबाट धेरै वस्तु आयात गर्र्दै आएका छन् । सो नाका बन्द भएपछि त्यसको प्रत्यक्ष असर लसुनमा देखिएको थियो । अहिले त्यसको असर क्रमशः अन्य वस्तुमा पनि देखिएन थालेको छ ।
औषधि उत्पादन हुने कच्चा पदार्थ, लुसन, स्याउ, सुनलगायत अन्य वस्तुमा समेत यसको प्रभाव परेको छ । कोरोना भाइरसको प्रभावले नेपाली बजारमा गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँमा बिक्री भइरहेको लसुनको मूल्य बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो दुई महिनामा मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको छ ।
कोरोना भाइरसका कारण लसुनदेखि सुनसम्मको कारोबारमा प्रत्यक्ष असर पारेको अर्थविज्ञ बताउँछन् । सुन एउटा सुरक्षित लगानी भएको हुँदा पछिल्लो समयमा धेरैजसो लगानीकर्ता सुनमा आकर्षित भएको दाबी उनीहरूको छ । विश्व अर्थतन्त्रमा आएको उतारचढाव, राजनीतिक अस्थिरता र पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसले सुनको मूल्य अत्यधिक प्रभाव परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार सुनको प्रतितोला मूल्य ७७ हजार ६ सय छ कायम भएको छ । बुधबार प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर ७७ हजार ६ सय पुगेको हो ।
गत १७ पुसमा कारोबार भएको प्रतितोला सुन र बिहीबार कारोबार भएको सुनको मूल्यको तुलना गर्दा प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेको देखिन्छ । गत १७ पुसमा प्रतितोला सुनको मूल्य ७३ हजार ५ सय रुपैयाँ रहेको थियो ।
वरिष्ठ अर्थविद् डा। चन्द्रमणि अधिकारीले पछिल्लो समय स्वदेशी बजारमा सुनको मूल्य वृद्धि हुनुका प्रमुख कारणमा विश्व अर्थतन्त्रमा देखिएको उतारचढाव, राजनीतिक अस्थिरता, अमेरिका चीनबीचको व्यापारिक द्वन्द्व, खस्किँदो भारतीय अर्थतन्त्र, डलरको मूल्यवृद्धि र चीनमा देखिएको कोरोना भाइस रहेको बताए । उनले भने, ‘यस्ता विभिन्न कारणले गर्दा लगानीकर्ताले अन्तर्राष्ट्रिय बजारमा सुरक्षित लगानी खोजिरहेका छन्’ ।
सुन सुरक्षित लगानी भएकै कारण लगानीकर्ता यसतर्फ आकर्षित भएका छन् । माग बढेपछि सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएको हो । सेयर, तेलका लगानीकर्तासमेत सुन खरिद गरी सञ्चय गर्न थालेका छन् । अमेरिका र इरानबीच द्वन्द्वका कारण लगानीकर्ता सुनतर्फ बढी आकर्षित भएका हुन् । यसैले सुनको आपूर्ति कम र माग बढ्दा विश्व बजारमा नै सुनको मूल्यवृद्धि भएको वरिष्ठ अर्थविद् अधिकारीको भनाइ छ ।
चीनबाट फैलिएको कारोना भाइरसका कारण विश्व बजारमा सुनको मूल्य वृद्धि भएको अर्थविद् डा। डिल्लीराज खनालले बताए । विश्व राजनीति अस्थिरताले अन्य क्षेत्रमा लगानीको वातावरण सुरक्षित नहुँदा लगानीकर्ताले सुनमा लगानी गर्न थालेको उनको भनाइ छ । बजारको मागअनुसार सुनको आपूर्ति नहुँदा यसको मूल्य उकालो लाग्दै गएको अर्थविद् डा। खनालको भनाइ छ ।
‘गत १७ पुसमा प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ३ हजार ६ सयले वृद्धि भएर ७७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो, नेपाल सुनचाँदी व्यवसायी महासंघका मोहनकुमार सुनारले भने, ‘यसरी मूल्य वृद्धि हुनुका प्रमुख कारण चीनबाट फैलिएको कोरोना भाइरस नै हो । आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS