अन्जनराज न्यौपाने
तनहुँ, २३ मंसिर-बाँझो पाखामा हिमाल प्रस्ट देखिने स्थान भए पुग्ने, एक पटक रोपेर राम्रोसंग मलजल गरेपछि समय समयमा किट्नाषक औंषधी राख्दिए फस्टाउने फलको नाम हो, सुन्तला । सुन्तला खेती गरेपछि तनहुँका कृषकलाई बार्षिक मनग्ये आम्दानीको बलियो स्रोत बनेको छ। बार्षिक लाखौं रुपैयाँ बटुलेका तनहुँका कृषक यसपालि पनि अन्य काम छाडेर सुन्तला खरिदबिक्रीमा ब्यस्त छन्। कार्तिक यता तनहुँका कृषकहरुलाई सुन्तला विक्री वितरणमा भ्याई नभ्याई भएको छ ।कर्म गरे फल अवश्य मिल्छ ।कर्मठ पौरखी भए अवश्य फल मिल्छ भन्ने उदाहरण तनहुँका कृषकहरू बनेका छन् । तनहुँ स्थित म्याग्दे गाँउपालिका (२ खानीगाँउका पौरखी कृषक विश्वबहादुर अधिकारीले यस बर्ष सुन्तला विक्रीबाट नगद ४० लाख र उनका भाई निर्मल अधिकारीले १८ लाख आम्दानी गरेका छन्।
‘कार्तिक यता तनहुँका कृषकहरुलाई सुन्तला विक्री वितरणमा भ्याई नभ्याई भएको छ ।कर्म गरे फल अवश्य मिल्छ ।कर्मठ पौरखी भए अवश्य फल मिल्छ भन्ने उदाहरण तनहुँका कृषकहरू बनेका छन् ।’
सुन्तलामा ग्रिनिङ भाईरस ठुलो चुनौतीपूर्ण विषय रहेको र सुन्तलाको उचित संरक्षण र संम्बर्धन ,ब्यबस्थापन हुननसक्दा अधिकांश भूभागमा सुन्तलाको बोट जरै देखि मरेर जाने, बोटका डाँठ र पातमा भाईरसको प्रकोप भएनभएको प्रति कृषक चनाखो हुनु पर्ने र समय,समयमा किटनासक औंषधी ,मल जलको पर्याप्त मात्रामा ब्यबस्थापन गर्नु जरुरत भएको कृषक विश्वबहादुर अधिकारीले बताए ।
यस्तै सोही गाँउपालिकाका सुकनारायण श्रेष्ठले आफ्नो ४० रोपनी क्षेत्रफल जग्गामा ८ सय ७५ वटा सुन्तलाको बोटबाट ५० लाख भन्दा बडीको सुन्तला विक्री गरेका छन्। श्रेष्ठका अनुसार ,०७४ सालमा ३७ लाखको सुन्तला विक्री गरे भने गत बर्ष ३१ लाखबराबरको सुन्तला विक्री गरेका थिए। ‘यस बर्ष भने मौसम अनुकूल हुदाँ १९ लाख बढि गतबर्षको तुलनामा आम्दानी बढेकोमा अतिनै खुसि भएको छुु’ उनले बताए ।
सुन्तला बगान आसपासका स्थानहरुमा घरहरु पातला भएका कारण पटकपटक सुन्तला बोटबाटै चोरी हुने भए पछि श्रेष्ठले सिसिक्यामेरा राख्ने निर्णय गरेका थिए। उनी भन्छन् ‘उमेरले डाँडो काट्ने वेला भो सबैतिर नजर पुर्याउन सकिँदैन त्यसैले सिसिक्यामेरा राखेपछि हेरविचारमा सहज भएको छ।’ विशेषगरी रातको समयमा टिपेर पाली छाएर र डोकामा टिपेर राखेको सुन्तला चोरी हुन थालेपछि सुन्तला खेतीको निगरानीका लागि बगान वारीका विभिन्न ३ वटा स्थानहरुमा ५० हजार मुल्यबराबरको सिसिक्यामेरा जडान गरि राखेको उनले बताए । ‘सिसिक्यामेरा राखेपछि चोरीमा कमी आएको छ’ उनले भने।
‘उमेरले डाँडो काट्ने वेला भो सबैतिर नजर पुर्याउन सकिँदैन त्यसैले सिसिक्यामेरा राखेपछि हेरविचारमा सहज भएको छ।’
श्रेष्ठ भन्छन् ‘नेपाली युवा विदेश ,विदेश र वेरोजगारीका कारण विदेशीनु परेको गुनासो गर्छन् । म भन्छु नेपालमा हामी कृषि पेशा गरौ , कृषि र किसानलाई हेलाँ नगरौ जाँगर भए ,काम गर्न लाज नमान्ने हो भने स्वदेशमै लाखौ कमाउन सकिन्छ ।’ ‘सानो लगानीमा ठूलो आम्दानी हाता पार्न सकिने भएको हुदाँ मेरो रोजाईको ब्यबसाय नै यही हो, मलाई अमेरिका ,जापान ,अफ्रिकानै नेपाल हो म समय अनुसार उन्नत जातजातिका फलफूल ,साँगसब्जी र नगदेबाली विक्रीवितरण घरैवाट गर्छु काईदा जाने मन्ग्य फाइदा कति, कति’ उनले हाँस्दै भने। खेरगएको भिरालो हिमाल देखिने ४०रोपनी क्षेत्रफलको जग्गालाई उपयोग गरि सुन्तला खेती लगाउँदा पछिल्लो समय ५० लाख रुपैयाँ आम्दानी गर्न उनी सफल भएका हुन्।
‘नेपाली युवा विदेश ,विदेश र वेरोजगारीका कारण विदेशीनु परेको गुनासो गर्छन् । म भन्छु नेपालमा हामी कृषि पेशा गरौ , कृषि र किसानलाई हेलाँ नगरौ जाँगर भए ,काम गर्न लाज नमान्ने हो भने स्वदेशमै लाखौ कमाउन सकिन्छ ।’
कृषि ज्ञान केन्द्र तनहुँले गत बर्ष रु २७ करोड मुल्य बराबरको सुन्तला तनहुँका विभिन्न क्षेत्रबाट विक्रीवितरण भएको तथ्यांक सार्वजनिक गरेको थियो । तनहुँको वेनीकोटलाई सुन्तला खेतीको पकेट क्षेत्रका रुपमा लिन सकिन्छ ।यसैगरी, जिल्लाको गुणादी, रामथुक्की, गोल्ला, कर्लुङ, धरमपानी, बाख्रे, हर्कपुर, रतनपुर, बैदी, कोटा, छिप्छिपे, भानुमति, तनहुँसुर, मिर्लुङ, बन्दिपुर, हिलेखर्क, बाँसपानी लगायतका स्थानहरु सुन्तला खेतीका लागि अति उत्तम् उर्वर ब्यबसायिक भुमि मानिन्छन् ।
उत्पादित विभिन्न जातका सुन्तलाहरु जिल्लाका प्रमुख बजारहरु सदरमुकाम दमौली ,डुम्रे , आँबुखैरेनी, भिमाद, थर्पु र खैरेनीटारमा विक्रीका लागि लगिने गरिन्छ । सुन्तलाले बजार भाँउ पाएँसगै यहाका कृषक दङ्ग छन् । तनहुमा उत्पादित सुन्तला हाल काठमाडौ ,पोखरा र चितवनका विभिन्न स्थानसम्म पुग्ने गरेको छ । बढ्दो बजार मागसँगै यस यहा स्थित पकेट क्षेत्रमा सबेरै पाँचै बजे देखि सुन्तला खरिदका लागि सवारी साधनको घुईचो लाग्ने गरेको छ।
स्थानीय ब्यास नगरपालिका-१ खकौली कि ४५ बर्षीया ओमकुमारी श्रेष्ठले प्रतिगोटा सुन्तलाको २५ रुपैयाँका दरले बेचेको बताईन् । ‘३ वजे विहानै जिल्लाका विभिन्न स्थानहरु जस्तै वाख्रे, हर्कपुर, गोल्ला, कर्लुङ, अलैचे, धाराडी जस्ता स्थानबाट रुखैबाट खरिदेर ल्याएको सुन्तला दमौली बजारमा भित्र्याउन नपाउँदै खोसाखोस हुने गरेपछि सुन्तलाको माग दिनप्रतिदिन बढेको छ’ श्रेष्ठले भनिन् ।
FACEBOOK COMMENTS