काठमाडौं, कार्तिक २८ – नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । यस दिन छापावाल सुन प्रति तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार, शुक्रवार चाँदी प्रति तोला १ हजार ४६ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS