काठमाण्डौँ — संघीय संसद्को अर्थ समितिले सुपथ मूल्य पसलको अवधि र क्षेत्रगत दायरा विस्तार गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
समितिको मंगलबारको बैठकले सुपथ मूल्य पसलको अवधि र दायरा बढाएर नागरिकलाई समयमै गुणस्तरीय सामान उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।
समितिले चाडपर्व सुरु हुनुभन्दा दुई महिनाअघि अत्यावश्यक वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको थियो।
प्रत्येक दसैं, तिहार, छठलगायत चाडमा मूल्यवृद्धिको समस्याले आम नागरिक आक्रान्त भइरहने समस्या समाधानका लागि यस्तो निर्देशन दिएको थियोे।
चाडपर्व अगावै मूल्यवृद्धि नियन्त्रण प्रणालीको विकास गर्नुपर्ने समितिको निर्देशन छ।
तर सरकारले मूल्य नियन्त्रण गर्न सकेको छैन।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS