काठमाडौं – नेपाल खाद्य संस्थानले चाड पर्वलाई लक्षित गर्दै विभिन्न खाद्य सामग्रीमा छुटको मूल्य निर्धारण गरेको छ ।
संस्थानका अनुसार चिनी, नुन, चामल, सिमी, फापर, मासु लगायतका खाद्यपदार्थमा छुट उपलब्ध गराएको हो ।
संस्थानका अनुसार सामग्रीमा ५ रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट पाउने छन । सुपथ मूल्य पसलहरुले उपभोक्तालाई चिनीमा हालको मूल्यमा ५ रुपैयाँ छुट, नुन ५ रुपैयाँ, जीरा मसिनो चामलमा प्रति किलोग्राम ५ रुपैयाँ, वासमती चामलमा प्रति केजी ५, सिमीमा १०, फापर १०, मासु प्रतिकिलो १०, पनिर १० र ध्युमा ५० रुपैयाँ छुट दिने भएको छ ।
यस्तै संस्थानले काठमाडौं उपत्यकाका ३ ठाउँमा सहुलियत पसल संचालनमा ल्याउने भएको छ ।
संस्थानले पुतलीसडक, थापाथली लगायतका स्थानमा उक्त पसलहरु संचालनमा ल्याउने भएको छ ।
संस्थानले यसअघि असोज १२ गतेदेखि संचालनमा आउने भनिएको सुपथ मूल्य पसलहरु बुधबार बसेको बैठकले १५ गतेदेखि मात्र संचालनमा ल्याउने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS