काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट बैंकले अजेयराज सुमार्गीको पैसा फिर्ता ल्याउने गृहकार्य सुरु गरेको छ ।
सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन दिएपछि कानुनी प्रक्रिया सुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बताए ।
आफ्नो अन्तरिम आदेशलाई सच्याउँंदै सर्वोच्च अदालतले सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन गत २४ गते राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई अर्को आदेश जारीगरेको थियो ।
मुक्तिश्री सिमेन्टका नाममा आएको वैदेशिक लगानीको स्रोत नखुलेको भनी राष्ट्र बैंकले करिब ५ वर्षदेखि रोक्का राखेको रकम यही पुस १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासको आदेशले खुला गरिदिएको थियो ।
उक्त आदेशपछि सुमार्गीले ७.५ मिलियन अमेरिकी डलर (करिब ८४ करोड रुपैयाँ) रकम झिकेर अर्को बैंक खातामा राखेका छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS