काठमाण्डौँ — व्यापारी अजेयराज सुमार्गीको रकम फिर्ता गराउन नसक्ने वाणिज्य बैंकहरूले राष्ट्र बैंकलाई जानकारी गराएका छन् ।
सर्वोच्च अदालतको आदेशअनुसार सुमार्गीको पैसा फिर्ता गराउन राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, नेपाल बंगलादेश बैंक र प्राइम कमर्सियल बैंकलाई गरेको पत्रचारको जवाफमा उनीहरूले सुमार्गीको रकम प्रयोग भइसकेको जवाफ दिएका हुन् ।
ग्राहकले ऋण तिरिसकेका छन् ।
पैसा पूर्ववत् अवस्थामा ल्याउन फेरि ऋण प्रवाह हुनुपर्छ ।
यसका लागि सम्बन्धित व्यक्ति वा कम्पनी चाहिने नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS