साउन २८, बुधबार – सुरक्षाको माग गर्दै नारायणी अस्पतालका नर्स र स्वास्थ्यकर्मी सहित ३ सय कर्मचारीले सामुहिक राजीनामा दिएका छन ।
कोरोना संक्रमितको उपचारमा २४ घण्टा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने लगायतका कार्य भएपछि बाध्य भएर सामूहिक राजीनामा दिन बाध्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।मदन उपाध्यायले बताए ।
उनका अनुसार राजीनामा प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । तर अहिले राजिनामा स्वीकृत भईनसकेकोले सेवा भने दिईरहेको उनले बताए ।
कोरोना विरुद्धको लडाईमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा , अस्पतालमा तोडफोड गर्नेलाई कार्वाही र सरकारबाट थप दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने माग राखेर सामुहिक राजीनामा दिएको मेसु उपाध्यायले बताए।
गत साउन २४ गते विहान वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको विषयलाई लिएर साउन २५ गते अस्पतालको आकस्मिक कक्षमा छिरेर तोडफोड गरेका थिए ।
FACEBOOK COMMENTS