काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा उद्योगी सुरज बैद्यले सिमेन्ट उद्योगममा लगानी गर्ने भएका छन् ।
चिनियाँ लगानिको हुवासिन सिमेन्ट उद्योगको नेपाली साझेदारमा उद्योगी सुरज बैद्य हुने भएका हुन् ।
हुवासिन सिमेन्ट उद्योगले साढे १४ अर्ब लगानी गर्ने प्रतिवद्धता जनाएको छ।
६० करोड रुपैयाँमा खानी किनेको हुवासिनले गाडीको व्यापार र कृषि क्षेत्रमा लगानी गर्दै आएको वैद्य अर्गनाइजेशनलार्इ छानेको हो।
वैद्य अर्गनाइजेशन टोयोटा गाडीको नेपालको अधिकृत बिक्रेता हो भने यही समूहको इलाममा चियावगान र चितवनमा पोल्ट्री उद्योगमा लगानी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको केही महिनाअघि भएको चीन भ्रमणका बेलामा बोर्ड र हुवासिनबीच सम्झौंता भएको थियो।
FACEBOOK COMMENTS