काठमाण्डौँ — सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ मा निर्माणाधीन सुर्केखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।
बुङको खिरौले क्षेत्रमा निर्माणाधीन जलविद्युत्को काम ८५ प्रतिशत सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष पेम्बा ग्याल्जेन शेर्पाले बताए।
३० किलोवाट विद्युत् उत्पादन क्षमताको आयोजनाको बाँकी काम आगामी एक महिनामा सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिएको छ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ८५ लाख ५० हजार अनुदानमा निर्माण सुरु गरिएको लघुजलविद्युत् आयोजना निर्माणमा तत्कालीन बुङ गाविसबाट करिब १७ लाख लगानी गरिएको थियो।
— नागरीक
FACEBOOK COMMENTS