काठमाण्डौं – नेपालसहित पूरै विश्व कोरोना भाइरसको महामारीमा छ । विश्वभर अहिले सम्म १२ लाख संक्रमित भएका छन् भने ६५ हजारले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि नौ जनामा संक्रमण भेटिएको छ । यद्यपी नेपालमा अहिलेसम्म पनि भरपर्दो स्वास्थ्य उपकरण र किट सामाग्रीको अभाव देखिन्छ । देशमा कोरोनाको त्रास भित्रिदै गर्दा राज्यले त्यसलाई गम्भिर रुपमा नलिएको प्रतित आम जनताले गरिरहेका छन् ।
नेपालमा भ्रस्टचारमा शुन्य सहनशिलताको रटान लगाउने हाम्रा प्रधानमन्त्री के .पि ओलिको मुख पनि लगडाउन जस्तै छ । मौन ब्रतालु झै उनको बोली बसेको छ । विगतमा उनले भ्रस्टचार गर्न दिन्न भनेर खुब कुर्लिए ।
राज्यले जनतालाई आश्वस्त पार्न नसकिरहेको अवस्था छ । समस्या थप जटिल बन्ने हो कि भन्ने चिन्ता थपिदो छ । तर सरकार भने आवश्यक स्वास्थ्य सामाग्री भित्र्याउनु भन्दा पूर्ववत अलोकप्रिय निर्णयको रक्षा गर्नमा नै उद्यत देखिन्छ । यति बेला जिम्मेवार तालुकातवालहरुलाई कसरी चोखो बन्ने भन्ने शुर्ताले पिरोल्न थालेको देखिन्छ । फलानाले भ्रस्टचार गरे, परिवारका सदस्यहरुलाई अघि बढाए, खरिद प्रकृया गैर कानुनी थियो, भ्रस्टचार गर्नेलाई कार्वाही होस, उनीहरुलाई बर्खास्त गर्नुपर्छ भन्ने लगायतका सवालहरु यस माझमा उठे । यो सवाल उठन थालेको पनि साता दिन पुग्दैछ । तर पनि हालसम्म अाइपुग्दा जनताले अप्ठयारो स्थितीको सामना गर्नुपरिरहेकै छ । नेपालमा भ्रस्टचारमा शुन्य सहनशिलताको रटान लगाउने हाम्रा प्रधानमन्त्री के .पि ओलिको मुख पनि लगडाउन जस्तै छ । मौन ब्रतालु झै उनको बोली बसेको छ । विगतमा उनले भ्रस्टचार गर्न दिन्न भनेर खुब कुर्लिए । तर एकपछि अर्को गर्दै उनकै विश्वास पात्रहरु माथि भ्रस्टचारको आरोप लागेको छ । र अोलीमा यि आरोपितलाई कार्वाही गर्छु र गर्नुपर्छ भन्ने लागेको पाईएन । त्यसैले देशमा दण्डहिनता मौलायो भन्ने पनि उत्तिकै छन् । बौद्धिक वर्गले त झन एक खालको निराशा ब्यक्त गर्दै आएका छन् ।
यति काण्ड देखि ओमिनि काण्ड बीच देशमा घटित काण्डहरु थुप्रै छन् । जसबाट आम नेपालीलाई राजनिती र नेता प्रति वितृस्णा पैदा गराएको छ । देशवासी धेरैको मुटु हल्लिने गरि काण्ड मच्चिएको छ । लौन किन यस्तो गर्दैछन् भनेर सत्ता पक्षकाको मात्र होइन प्रतिपक्षी नेताको रवैया देखेर पनि जनता वाक्क बनेका छन् । यही स्वास्थ्य समाग्रीमा केहि नाम चलेका ब्यवासायीहरुसँगको मिलोमतोको कुरा सतहमा आएको छ । सत्ता सम्हानेहरुले मौकामा चौका हान्ने ध्याउन्नमा लागेको सर्वत्र चर्चा चुलिएको छ । यसरी नै सरकार रुमल्लिदै छ भन्ने चिन्ता धेरैलाई परेको छ । त्यसैले जनताहरुमा आक्रोश बढदो छ ।
यही लकडाउन र कोरोना भाइरसको महामारीमा अधिकतम नाफा खाने मौका छोप्नु लाच पचाउनु शिवाय केही होइन । तथापी राजनीतिक, व्यवसायिक र पारिवारिक चोचोमोचो मिलाउँदै गरिएको उनीहरूको योजना नेपाली मिडियाले चकनाचुर बनाई दिएका छन् ।
यही लकडाउन र कोरोना भाइरसको महामारीमा अधिकतम नाफा खाने मौका छोप्नु लाच पचाउनु शिवाय केही होइन । तथापी राजनीतिक, व्यवसायिक र पारिवारिक चोचोमोचो मिलाउँदै गरिएको उनीहरूको योजना नेपाली मिडियाले चकनाचुर बनाई दिएका छन् । यसमा गुल्मीका तुलबहादुर सिंह (हरि), केशरबहादुर सिंह र पारस केसी तुलबहादुरे ओम्नी ग्रुपका अस्गर अलि जो ईसेवा समेत सञ्चालन गर्दछन् र ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तथा बोर्ड प्रेसिडेण्ट युवराज शर्मा समेतको नाम मुछिएको छ । आईटी क्षेत्रमा काम गर्ने ग्रुपले एकै चोटी करोडौ कमाउने दाउ छोपे पछि र नेताका मतिभ्रस्ट भए पछि कसको के लाग्थ्यो र । जे नदेख्नुपर्ने थियो त्यहि देखियो । अर्थात सेटिङ्को डर लाग्दो खेल सतहमा देखियो । दु:खद त के भने नेपाल सरकारले यो ग्रुपलाई कालो सुचिमा समेत राखेको छ । तर पनि वालुवाटारको बुझाई हो वा आसेपासेको मिलीभगत अत्यास लाग्दो लुटको धन्दाको पर्दाफास भै छाडयो ।
उनका सल्लाहाकारहरु अझै पनि आरोपितको बचाउँमा उभिरहेको छन्। बालुवाटारको भित्रि बुभाई पुर्व माओवादीहरु यस घटनालाई उच्चाल्न लागेकाछन् भन्ने रहेको छ ।
अस्वभाविक मुल्यका कारण टेण्डर प्रकृयालाई देशवासी कसैले पनि स्विकारने स्थिती रहेन र विरोधका स्वरहरु गुन्जिरहे । शासक वर्गलाई धारे हात लगाउदै धिक्कारी रहे । अझै तिनलाई कार्वाही गर्ने छाटकाट देखिएको छैन । अझ पनी कसरी हुन्छ यसलाई चोखाउन सकीन्छ कि भन्ने ध्यउन्नमा नै वालुवाटार लागेको भान हुँदैछ । यसै कारण प्रधान मन्त्री के.पि ओलीले मौनता साधिरहेको भन्ने हल्ला चलेको छ । उनका सल्लाहाकारहरु अझै पनि आरोपितको बचाउँमा उभिरहेको छन्। बालुवाटारको भित्रि बुभाई पुर्व माओवादीहरु यस घटनालाई उच्चाल्न लागेकाछन् भन्ने रहेको छ । नेपालको ठुलो मध्येको एक ब्यापारिक ग्रुप आएमईले यसमा सघाई रहेको छ भन्ने आधाररहिन कुरा प्रधानमन्त्रीका प्रेस संयोजकले नै बोलेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले ॠषि धमलासँगको कुराकानीमा आईएमइ ग्रुपलाइ लगाएको आरोपले पनि यो कुरालाई प्रस्ट पारेको छ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल हुन । यस अर्थमा ढकाललाई समेत मुछने प्रपंचमा सरकारका मानिसहरु लागेको बुझिन्छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले ॠषि धमलासँगको कुराकानीमा आईएमइ ग्रुपलाइ लगाएको आरोपले पनि यो कुरालाई प्रस्ट पारेको छ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल हुन । यस अर्थमा ढकाललाई समेत मुछने प्रपंचमा सरकारका मानिसहरु लागेको बुझिन्छ । तर यो उनीहरुको संघिन चरित्रको उदाङो रुप बाहेक अरु केही हुन सक्दैन । किनकी प्रमाण एकातर्फ हुने तर शक्तीको आडमा कुरा अर्को तर्फ गर्ने जमात देखि जनता वाक्क भैसकेका छन् । प्रधानमन्त्री ओलीमा ढकाल पुर्व माओवादीसंग नजीक रहेको बुझाई छ । यो सोचाईले पनि बालुवाटार दिगभ्रमित हुदै गएको पक्का छ । भ्रष्टचारमा आफ्नो आसेपासेलाई रोक्न नसक्नुको बदला ब्यवसायी घरानातिर सोझ्याउनुले देश एकातिर कोरोनाको मारमा परेको छ भने अर्को तिर मुलुकमा ब्यवसायीक वातावरण समेत दुसित हुनेछ । चन्द्र ढकाल यस्ता कि ब्यवसायी हुन जसलाई नेकपाका दुवै प्यानल र कांग्रेससँग समेत राम्रो सम्बन्ध छ । उनको नाम लिएकै भरमा प्रतिपक्षलाई पनि साथमा लिन सकिन्छ कि भनेर थापाले भ्रस्टाचार आरोपितको बचाउमा कार्ड फालेको अनुमान लगाउन सकिन्छ
। प्रधानमन्त्रीको प्रेस संयोजक जस्तो ब्यक्तीले कुनै अमुक कम्पनीको नाम लिदै फलानाले गर्दा यो अवस्था आयो भन्नु जत्तिको नालायकीपन अरु के होला ? । साथै, यस्ता गैर जिम्मेवारपूर्ण अभिब्यक्तिले के राम्रो सन्देश जाला त । मुख्य कुरा त टेण्डर प्रकृयामा अाइएमईको तालुक के भन्ने कुरा स्पस्ट आउनुपर्छ । यस्ता कुराहरु अन्तर्वातामा वा समाचारमा होइन सप्रमाण कार्वाहीका लागि सिफारिस गरि पठाउने बिषय हुन । यो कुनै राजनैतीक सवाल नभई एउटा अनियमितता जस्तो संघिन आरोपसँग जोडिएको कुरा पनि हो । त्यसैले कुन कानुन आकर्शित हुँन्छ, राज्यले सोही अनुरुप कार्वाही गर्न सक्नुपर्छ, चाहे त्यो अाइएमई ग्रुप होस् वा प्रधानमन्त्री नै किन नहोस् । किनकी कानुनी राज्यमा गलत गर्ने जोकोहीले दण्डित त बन्नै पर्छ ।
FACEBOOK COMMENTS