काठमाण्डौँ — नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिमा सुविधा सम्पन्न चमेनागृहको निर्माण शुरु भएको छ ।
शहरी विकास मन्त्रालयले छ महीनामा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको हो ।
हाल यो भवन सङ्घीय संसद् सचिवालयलाई भाडामा दिइएको छ ।
करीब ९८३ वर्गमिटर क्षेत्रफल ओगट्ने चमेनागृहमा १८६ क्षमताको ‘डायनिङ हल’समेत निर्माण हुनेछ ।
मुस्लिम समुदायका लागि हलाल खानाको व्यवस्था भान्छाघरमा हुने प्रबन्ध मिलाइएको कार्यक्रममा जानकारी गराइयो ।
रु दुई करोड ७८ लाख लागतमा निर्माण हुन लागेको चमेनागृहको शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले शिलान्यास गरे ।
उनले तोकिएको समयमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
— राजधानी
FACEBOOK COMMENTS