काठमाण्डौँ — नेपालमा भ्रष्टाचारको अवस्था गतवर्षकै जस्तै रहेको देखिएको छ ।
सन् २०१८ को भ्रष्टाचार अवधारणा सूचकांक ९करप्सन पर्सेप्स इन्डेक्स– सीपीआई० मा नेपालले गतवर्ष झैं ३१ अंक पाएको हो ।
गतवर्ष नेपालभन्दा पछाडि रहेका मुलुकहरुले आफ्नो अवस्था सुधार गरेका कारण नेपालका स्तर गतवर्षभन्दा तल पुगेको छ ।
गतवर्ष सुशासनको दृष्टिले १ सय २२ औं मुलुक बनेको नेपाल यो वर्ष २ स्थान तल झरेर १ सय २४ औं भएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाल लगायतका मुलुकमा भ्रष्टाचार विरुद्धको अभियानमा संलग्नहरुलाई असफल बनाउने प्रयासलाई प्रमुख चुनौतीको रुपमा लिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीले राजनीतिक स्थायीत्वपछि अब सरकारको पहिलो प्राथमिकता सुशासन हुनुपर्ने बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS