काठमाण्डौं — नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग)को आयोजनामा काठमाडौंमा सूचना प्रविधि सम्मेलन हुने भएको छ।
इन्टरनेट सेवाप्रदायक व्यक्ति एवं संस्थाको समूह एन्पिनोगले मंसिर २३ देखि २८ गते सम्म सूचना प्रविधि सम्मेलन आयोजना गर्न लागेको हो।
एन्पिनोगका अनुसार कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यवसायी, प्रविधिको अनुसन्धान एवं शिक्षण संस्थाका प्रतिनिधिबीच विश्वमा पछिल्लो समय भइरहेका उत्कृष्ट अभ्यासबारे छलफल हुनेछ।
कार्यक्रमको पहिलो दिन आज प्राविधिक सम्मेलन हुनेछ।
पाँचदिने कार्यशालामा नेटवर्क म्यानेजमेन्ट एन्ड सेक्युरिटी, आईपीभी सिक्स डोप्लोमेन्ट, एफटीटीएच, वाइफाइ म्यानेजमेन्ट÷सेक्युरिटी, सिस्टम एडमिनिस्ट्रेटर विषयमा छलफल हुनेछ।

गोष्ठीमा सहभागी हुन चाहने विद्यार्थीका लागि ५० प्रतिशत शुल्क कम गर्ने जनाइएको छ।

यसैगरी महिला सहभागीका लागि दर्ताका आधारमा २५ प्रतिशत छुट हुने
एन्पिनोगका अध्यक्ष समित जनले बताए ।

— अन्नपुर्ण