काठमाडौं– सूर्यविनायकदेखि धुलिखेलसम्म ८ लेनको सडक तथा सुरुङमार्ग निर्माण ऋण सम्झौंता ६ महिनापछि हुने भएको छ।
सुरुङमार्ग निर्माणका बारेमा छलफल गर्न जापानबाट एक टोली नेपाल आएको छ।
टोलीसँगको छलफलमा ऋण सम्झौंता वैशाखमा गर्ने जानकारी दिएको सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए।
बढ्दो सवारी दुर्घटना र ट्राफिक जाम न्यूनीकरण गर्ने उदेश्यले सूर्यविनायक धुलिखेल सडकखण्ड विस्तार गरेर ८ लेनको बनाउन लागिएको हो।
करिव १६ किलोमिटर यो सडक विस्तारका गर्न प्रारम्भिक सर्भे समेत भैसकेको छ।
FACEBOOK COMMENTS