काठमाडौं, फागुन ८- नेपालस्थित स्विस दूतावासले सेक्युरिटी प्रेस ठेक्का प्रकरणमा दूताबासको कुनै पनि संलग्नता नरहेको जनाएको छ ।
आज दूतावास प्रेस विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस ठेक्काका विषयमा ७० करोड कमिसन मागेको विषयमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको हो ।
दूताबासले विजय मिश्र आफ्नो एजेण्ट नभएको प्रष्ट पार्दै यससम्बन्धमा स्विस दूतावासले विगतमा पनि कुनै बैठक नराखेको र मन्त्रीसँग भविष्यमा पनि कुनै मिटिङ बस्नेबारे नसोचेको जनाएको छ ।
FACEBOOK COMMENTS