काठमाण्डौँ — विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनका लागि अनुमति लिएर पनि तोकिएको समयमा भूभाग कर सम्झौता नगर्ने आधा दर्जन उद्योगको अनुमति खारेज गरिएको छ ।
अनुमति लिएका उद्योगलाई भूभाग सम्झौता गर्न तीन पटकसम्म सार्वजनिक सूचना जारी गर्दा पनि सम्झौता गर्न नआएकाले खारेज गरिएको सेज विकास प्राधिकरणका प्रवक्ता तथा उपसचिव सुन्दर थापाले बताए।
प्राधिकरणका अनुसार एक्सेल गार्मेन्ट प्रोसेसिङ इन्डस्ट्रिज, किरण सुज म्यानु फयाक्चर्स, मिनरल वाटर एन्ड बोटलर्स, एसियन थाई फुड्स प्रालि, हर्बल साबुन उद्योग र जगदम्बा सेन्थेटिक्स प्रालिको अनुमति खारेजीमा परेको हो।
— कान्तिपुर
FACEBOOK COMMENTS