काठमाडौं, पुस ७ – सेञ्चुरी कमर्शियल बैंक र धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गरेका हुन् ।
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा संस्थापक शेयरधनीलाई सहुलियत दिन उक्त सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शेयरधनीहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन् ।
FACEBOOK COMMENTS