काठमाडौं, २९ मंसिर – सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीहरुलाई ७.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५ सय ७६ रुपियाँ ३० पैसा छ ।
आज बिहान सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि वितरण गरिने कम्पनी सचिव तुल्सीप्रसाद भट्टराईले बताउनु भयो।
FACEBOOK COMMENTS