काठमाडौं, मंसिर १५ – सेञ्चुरी कमर्सियल बैंकले बाँके जिल्लाको कोहलपुरमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।
मंसिर १४ देखि सञ्चालनमा ल्याएको कोहलपुर शाखासँगै बैंकको शाखा संख्या १ सय १४ पुगेको छ ।
सबै क्षेत्रमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।
FACEBOOK COMMENTS