काठमाडौं, पुस २– सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी सेभिङ्ग प्लस एकाउन्ट’ नामक नयाँ बचत खाताको सुभारम्भ गरेको छ । कैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाताको शुभारम्भ गरेको हो ।
५० लाख न्यूनतम मौज्दात भएको सो खातामा वार्षिक ६.५५ को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ । यस खातावाहकलाई आइएमई इन्स्योरेन्सबाट १० लाख सम्मको प्राणघातक रोग,दुर्घटना, दीर्घकालीन अशक्तताको बीमा गर्ने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ।
सो खातावालाहरुले नेपालका अन्य कुनै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । साथै निःशुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ्ग र कर्जा सुविधामा विशेष छुट समेत दिइनेछ ।
उक्त खाताको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमद्धारा गरेका थिए । कार्यक्रममा बोल्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमले बैंक अब आक्रमक रुपमा अगाडी बढ्ने जनाएका छन् । साथै सो कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
FACEBOOK COMMENTS