काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैदेशिक रोजगार व्यवसायीहरुकोे लागि बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४मा गरेको संशोधन बमोजिम बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।
यस अन्तर्गत बैंकले एक करोड पचास लाखको बैंक ग्यारेण्टी नगद मार्जिन बिस लाख र कमिशन चार लाख पांच बर्षको लागि जारी गर्नेछ ।
साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि रहेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS