काठमाडौं, वैशाख २२ – म्यानमारको सैन्य नियन्त्रित मिडियाले मंगलबार सेटलाइट टेलिभिजनमा प्रतिबन्ध लगाएको छ। झुठो समाचार लेखेको आरोपमा जापानी पत्रकार युकि किताजुमीलाई जेल सजाय दिएपछि म्यानमारको सैन्य नियन्त्रित मिडियाले अन्तर्राष्ट्रीय प्रसारणले म्यानमारको सुरक्षालाई खतारामा पार्ने भन्दै प्रतिबन्ध लगाएको हो।
‘सेटलाइट टेलिभिजनको प्रसारण अब कानुनी छैन। जसले पनि टेलिभिजन र भिडियो कानूनको उल्लंघन गर्छ, विशेष गरी सेटलाइट च्यानल प्रयोग गर्ने व्यक्तिलाई एक वर्ष कैद र पाँच लाख म्यान्मार क्याट (चार सय २० अमेरिकी डलर) जरिवाना गरिनेछ,’ म्यानमारको राज्य एमआरटीभीले भन्यो, ‘अवैध संञ्चार माध्यमले राष्ट्रिय सुरक्षा, कानूनको शासन र सार्वजनिक सुव्यवस्थालाई कमजोर पार्ने र देशद्रोह गर्नेलाई प्रोत्साहित गर्ने समाचार प्रसारण गरिरहेको छ ।’
गत फेब्रुअरी १ मा म्यानमारमा सैन्य सरकारले सत्ता कब्जामा लिइ ‘कू’ लागु गरेको थियो। हालसम्म विरोध प्रर्दशनमा सात सय ६० बढीको सेनाले हत्या गरेको छ।
FACEBOOK COMMENTS