काठमाडौं – अबदेखि इन्टरनेट पहुँच भएका जुनसुकै ठाउँबाट सेयर कारोबार सहजरुपमा गर्न सकिने भएको छ।
सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली लागू गर्ने भएको छ ।
सेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यका साथ सो प्रणाली लागू गर्न लागिएको हो ।
सो प्रणाली लागू भएपछि अनलाइन कारोबारका लागि कारोबारकर्ताले पहिलो पटक सेयर दलाल कहाँ पुगेर ‘युजरनेम’ र ‘पासवर्ड’ भने लिनुपर्नेछ।
त्यसपछि तपाईले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजैरुपमा सेयर खरिद वा बिक्री गर्न सकिने छ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ आगामी साउन १ तेदेखि लागू गर्ने भएको छ। लगानीकर्ताको मागबमोजिम नै उक्त सेवा सुरु गरिएको बोर्डले जनाएको छ।
FACEBOOK COMMENTS