काठमाडौं, बैशाख २९- नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर बजारका गुनासाहरु समाधानका लागि ‘हेल्प डेक्स’ स्थापना गरेको छ ।
धितोपत्रको दोश्रो बजार कारोबारमा आउन सक्ने सम्भावित गुनासोहरु समाधानका लागि नेप्सले हेल्प डेक्स स्थापना गरेको छ ।
यससँगै, लगानीकर्ताले कारोबार गर्दा कुनै समस्या आएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न सक्ने नेप्सेका सहायक प्रवक्ता आकृति दंगालले जानकारी दिएकी छिन् ।
लकडाउनको अवधिमा खुल्ने भएको बजारमा अनलाइन कारोबार हुने भएको छ । उक्त कारोबार गर्दा केही समस्या तथा गुनासा आएमा लगानीकर्ताले उक्त नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
बजारमा उच्च चलखेल हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बोर्डले दुई प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था गरेको छ।
FACEBOOK COMMENTS