काठमाडौं, मंसिर ६ – १ खर्ब भन्दा बढी बजार पुँजीकरण भएको एकमात्रै कम्पनीको रुपमा नेपाल टेलिकमले कायम राखेको विरासत नेपाल पुनर्बीमा कम्पनीले तोडेको छ । यो साता नेपाल पुनर्बीमा कम्पनीको बजार पुँजीकरण १ खर्ब भन्दा माथि पुगेसँगै टेलिकमको एकाधिकार अन्त्य भएको हो ।
अघिल्लो साताको बिहीबार बजार बन्द हुँदा नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ९ सय ८३ रुपैयाँ थियो । यो मूल्यका आधारमा १० अर्ब चुक्तापुँजी भएको सो कम्पनीको बजार पुँजीकरण ९८ अर्ब ३० करोड रुपैयाँमा सीमित थियो । तर यो साता पुनर्बीमा कम्पनीको सेयरमूल्यमा व्यापक उछाल देखियो । गत बिहीबार बजार बन्द हुँदा सो कम्पनीको सेयरको मूल्य १ हजार १ सय १० रुपैयाँ पुगेको छ । यो मूल्यका आधारमा कुल बजार पुँजीकरण १ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ ।
पुनर्बीमा कम्पनीको पुँजीकरण नेपाल टेलिकमपछिकै दोस्रो हो । पछिल्लो बजार मूल्य अनुसार टेलिकमको बजार पुँजीकरण अहिले १ खर्ब ४४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यी दुवै सरकारी स्वामित्व भएका कम्पनीहरु हुन् ।
FACEBOOK COMMENTS