काठमाडौं, मंसिर २८ – सेयर बजार विस्तारै वृद्धि लयमा फर्किन थालेको छ । नेप्सेको गति र सेयर कारोबार अवस्था हेर्दा लगानीकर्ताहरुले राम्रा कम्पनीको सेयर छानीरोजी किनिरहेको देखिन्छ । बजारमा राम्रो बार्गेनिङ भइरहेको पनि पाइन्छ । छोटो समयमा बेस्सरी बढेको बजार करेक्सनपछि फेरि विस्तारै गति लिन थालेको छ । अब केही दिनमै यसले नयाँ रफ्तार समाउने अनुमान भइरहेको छ ।
बजार बुलिस ट्रेन्डमा प्रवेश गरिसकेकाले धेरै लामो समयसम्म घट्ने अपेक्षा गर्न नसकिने विश्लेषकहरु बताउँछन् । वित्तीय प्रणालीमा अधिक तरलता अनि यसका कारण सस्तो भएको ब्याजदरले आम लगानीकर्तालाई तानिरहेको छ । सेयर बजारमा ब्याजदर र बजारको चक्रीय नियमले निकै ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ ।
लगानीकर्ताले कम्पनीको वित्तीय सूचक, भविष्यमा व्यवसाय विस्तारको सम्भावना अनि जोखिम वहन क्षमलाई मध्यनजर गरी अघि बढ्न अनुभवीहरु सुझाव दिन्छन् । आइतबार सवा १ बजे आसपासमा करिब २ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से सूचक पनि दोहोरो अंकले वृद्धि भएको छ । जीवन बिमा, बैंकिङ तथा उत्पादनमूलक समूहरुमा तेजी देखिएको छ ।
FACEBOOK COMMENTS