काठमाण्डौ – भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले संचालनमा ल्याउन लागेको सेलपे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ ।
सेलपे सेवा अन्तर्राष्ट्रिय स्तरको पीसीआई–डीएसएस सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको कम्पनीले बताएको छ ।
विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टीभी, ईन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरआदि वास्तविक समयमा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा स्थापित सेलकमले नेपाली उपभोक्तालाई लक्षित गर्दै भुक्तानी सेवा “सेलपे”को सुरुवात गर्न लागेको जनाएको छ ।
FACEBOOK COMMENTS