धेरै व्यवसायीको मुख्य उद्देश्य हुन्छ पैसा कमाउने वा नाफा कमाउने । एक ठाउँबाट आएको नाफा अर्को ठाउँमा लगानी लगाउने गर्ने र जसरी भएपनि धनी बन्ने । राम्रो गाडी चढ्ने , राम्रो घर बनाउने । देश विदेशमा ठूलो राम्रो कम्पनी खोलेर नाम पनि कमाउने । तर केही व्यवसायी यस्ता पनि हुन्छन् आफ्नो वृत्तिविकास संगै समाजको पनि विकास होस्। त्यसैको लागि व्यवसाय वा रोजगारीबाट आएको पैसा समाज सेवामा खर्च गर्ने । तिनै मध्येकी एक हुन रुपा शाही बास्तोला ।
कसैले उनलाई रुपा आमा भनेर चिन्छन् भने कसैरी व्यवसायी रुपा । यति मात्र होइन, उनको पहिचान कसैले उनलाई वकिल भनेर चिन्छन् त कसैले समाज सेवी रुपमा ।
जसले जस्तो रुपमा चिनोस् तर उनी आफूलाई ‘समाजसेवी रुपा वा रुपा आमा’ भनेर चिनाउँदा खुसी हुन्छिन् ।
समाज सेवा गर्नको लागि सधैं पैसा नभएर रोकिदैन । त्यसको लागि सबै भन्दा ठूलो त मन चाहिन्छ । पैसा कमाउने धेरै छन् तर समाजको लागि योगदान गर्ने कमै मात्र छन् । रुपा भन्छिन्, ‘अर्वपति भएर मात्र हुँदैन कसैलाई सहयोग गर्नको लागि मन चाहिन्छ, जुन सबैसँग हुँदैन । मसँग पैसा फालाफाल भएर समाजेवा गर्न मन लागेको होइन । मैले आर्थिक अवस्था कमजोर भएकालाई केही दिँदा वा सहयोग गर्दा म रित्तिदैन तर उनीहरु राम्रो जीवन बिताउन सक्छन् ।’
उनका अनसुसार अरुलाई पनि आफूजस्तै मानव हो । उसलाई खान नपाउँदा भोक लाग्छ भन्ने सोच्यो भने अरुलाई थोरै भएपनि सहयोग गर्न सकिन्छ । रुपालाई आफ्ना जिजुबाजे, आमाले असहायहलाई सहयोग गरेको देखेर आफूलाई पनि आफ्नो जीवनको केही कमाइ र समयमा उनीहरुका लागि दिन मन लाग्यो । त्यसैले आफूले सकेको सहयोग समाजलाई गरिरहेकी छन् ।
उनले समाजमा छोराको लागि चिन्ता गर्ने धेरै देखिन तर छोरीलाई सहयोग गर्ने कम । त्यसैले उनको मन छोरीहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना बढी छ । उनी अहिले २० वटा बच्चाको जिम्मेवारी लिएकी छन् । ‘मैले मिडिया मार्फत थाहा पाएर धेरैलाई पढाउने जिम्मेवारी लिएकी हुँ । आर्थिक अवस्था कमजोर भएको बच्चालाई पढाउने गरेकी छु । मैले सबै बच्चालाई भेट्न बार्षिक रुपमा भेट्ने गरेकी छु । म स्कुलमा जान भ्याइन भने पनि विद्यालयको खातामा पैसा राख्दिन्छु ।’
उनलाई आर्थिक अवस्था ठिकै भएपनि नराम्रो छ भनेर आउने पनि भेटाएकी छन् । तर उनले वडा कार्यालय, स्थानीय र विद्यालय मार्फत् ‘भेरिफिकेसन’ गरेर मात्र आर्थिक भार बहन गर्ने गरेको बताउँछन् ।
उनले समज सेवामा आफूले गर्न सक्ने हरेक ठाउँमा सहयोग गर्ने गरेकी छन् । कहिले बाढी पहिरो पिडितको घरमा जान्छिन् तर हावाहुरी पिडित तर जहाँ जति सकिन्छ त्यति सहयोग गर्ने गरेकी छन् । तर उनले जहाँ गएपनि पहिलो प्राथमिकता भनेको बच्चा हुन्छन् त्यसमा पनि बालिका बढी । उनले पूर्वको मोरङदेखि सुदूरपश्चिमको कञ्चनपुर सम्म सहयोगका लागि पुगेकी छन् । उनले काठमाडौ, धादिङमा पनि बच्चाहरुको आर्थिक जिम्मेवारी लिएकी छन् ।
उनी किवानिस क्लब अफ इसुनको सचिव हुन् । यो क्लबमा उनका वकिल साथी धेरै छन् । क्लबले उठाएको पैसा पनि समाज सेवामै लागाउने गरेकी छन् । तर उनी समाजसेवा वा कसैलाई सहयोग गर्नको लागि विदेशी संस्था संग हात फैलाउँदै नहिँडेको बताउँछिन् । इमान्दारिता भयो भने व्यक्तिगत रुपमा सहयोग गर्ने धेरै हुने उनले विश्वास लिएकी छन् ।
‘हाम्रो समाज कस्तो भयो भने कसैलाई सहयोग ग¥यो भने पनि विदेशीबाट टन्न पैसा ल्याए अनि समाज सेवा गरेजस्तो ग¥यो अरु आफैं खाए सोच्छन् । कसैले गर्छन् होला त्यस्तो पनि तर म त्यो सोच्न पनि सक्दिन । म कुनै दातासँग हात फैलाउँदै गएको छैन । म आफ्नै पैसाले नै सहयोग गर्ने गरेको छु,’ उनले भनिन्, ‘व्यक्तिगत रुपमा विदेशमा भएका आफन्तले रुपाले समाजीक काम पनि गर्छे भन्ने थाहा पाएर पठाउने गरेका छन् । व्यक्तिगत रुपमा मेरो पैसा यसलाई सहयोग गर्दे भन्दै आएको लिन्छु तर म समाज सेवा गर्छु पैसा ले भन्दै कुनै दाता संग आज सम्म गएको छैन ।’
उनी एपेक्स कन्ट्रक्सन कम्पनीको डाइरेक्टर हुन् भने क्लिक सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सचिव हुन् । यीनमा काम गर्दा मासिक तलब आउँछ तर मैले आजसम्म हातमा ल्याएको छैन । क–कसलाई सहयोग गर्नुपर्ने छ, उनीहरुकै खातामा ट्रान्सफर हुने गरेको उनी बताउँछिन् ।
उनलाई अन्य काम गरेर पैसा त कमाउँछिन् तर आनन्द लिनको लागि यो समाज सेवा जस्तो राम्रो कुनै काम नभएको उनको अनुभूति छ । ‘मैले छोराछोरी जन्माए । मेरा छोराछोरी डाक्टर इन्जिनियर बनाएर भन्दा जसले पैसा नभएको कारण पढ्न सकेको थिएन, त्यसलाई सहयोग गर्दा धेरै आनन्द आएको छ,’ उनले सन्तुष्टि व्यक्त गरिन्, ‘मैले समाजसेवाको लागि ठुलो रकम पनि खर्च गरेको होइन तर मेरो सानो रकमले नै उसको जिवन परिवर्तन भएको देख्दा मैले त्यो भन्दा ठुलो ‘स्याटीस्फ्क्सन’ अरु कबाट पाउनु?’
विद्यालयबाट फोन गरेर तपाईको बच्चा पहिलो भयो भन्दा उनलाई असाध्यै खुसी लाग्छ । संसारमा खुसी के हो भन्ने मान्छेले खोज्ने हो भने ३० दिन वर्त बसेर पनि होइन, पुजा पाठ गरेर भन्दा पनि आफूले पढाएको बच्चाले प्रगति ग¥यो भन्दा धेरै लाग्ने उनको अनुभूति छ । ‘पुजा पाठ त म पनि गर्छु तर मलाई आफुले पढाएका बच्चाले प्रगति देख्दा भगवान नै आएर आशिर्वाद दिएको अनुभुति हुन्छ,’ उनी भन्छिन् ।
उनको समाज सेवाको दायरा फराकिलो छ । उनले गाउँका छाप्रे स्कुललाई स्तरोन्नति गर्नको लागि सहयोग गरेकी छन् । उनले केही सूचना मिडियाबाट थाहा पाउँछिन् भने केहीले उनलाई सुझाउने गरेका छन् । यहाँ यस्तो छ सहयोग गर्नुप¥यो । सबै ठाउँमा उनले आफ्ै सहयोग गर्न नसकेपनि उनले विभिन्न सहयोग गर्ने ठाउँमा भन्ने गरेकी छन् ।
उनी समाजसेवाको लागि आफ्नै जिजुवाजे र आमाबाट प्रभावित भएजस्तै उनका छोरीहरु पनि अरुको सेवा गरेर खुसी हुने गरेका छन् ।
उनको अन्तिम इच्छा भने आमा र भाईको नाममा ट्रष्ट स्थापना गर्ने र ट्रष्टमार्फत पढ्न नपाएका बच्चालाई सहयोग रहेको छ ।
FACEBOOK COMMENTS