काठमाडौं, वैशाख २० – सोमबार देशभर कोरोना भाइरसका ७ हजार ४४८ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६६६ जना थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ९२२ जना, ललितपुरमा ५२२ जना र भक्तपुरमा २२२ संक्रमित थपिएका हुन् ।
यो सहित राजधानी समेत रहेको बागमती प्रदेशमा आइतबार ४ हजार १३२ जना संक्रमित थपिएका छन् । आज काभ्रेपलाञ्चोकमा ११९, चितवनमा १७५, दोलखामा २, धादिङमा २५, नुवाकोटमा ३९, मकवानपुरमा ४४, रसुवामा ४, रामेछापमा १० जना, सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा १६ जना संक्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS