काठमाण्डौँ — संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजक र सदस्यले सोमबार प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन भ्रमण गर्ने भएका छन् ।
विमानस्थल निर्माणले पर्यावरण ध्वस्त हुने विवाद उत्पन्न भएपछि त्यसबारे स्थलगत अध्ययन गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको थियो ।
उपसमितिले कात्तिक ४ मै स्थलगत अध्ययन गर्ने तय गरे पनि सांसदहरूले विभिन्न कारण देखाउँदै पटक–पटक मिति सारिरहेका थिए ।
सोमबार सबै जना निजगढ पुगेर निर्माणस्थल निरीक्षण गर्ने उपसमितिका सदस्य कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले बताए ।
नागरिक उड्डयन मन्त्रालयले विमानस्थल निर्माणअघि आवश्यकभन्दा बढी वन फडानी गर्न लागेकाले छानबिन गर्नुपर्ने भन्दै कांग्रेस सांसदहरूले समितिमा असोज पहिलो साता निवेदन दर्ता गराएका थिए ।
— कान्तिपुर
FACEBOOK COMMENTS