काठमाण्डौँ – सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिकामा तामाखानी उत्खनन्को प्रक्रिया अघि बढेको छ।
साविक वाकु गाविसको वाप्सामा रहेको खानी उत्खनन् गर्न सरोकारवाले सहमति गरेका छन्।
खानी उत्खनन् गरी सञ्चालनमा ल्याउन वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढाउन सर्वपक्षीय सहमति भएपछि प्रक्रिया अघि बढेको हो।
स्थानीयले आईईको काम सुरु भएपछि गरेको अवरोधका कारण २०७१ देखि काम अबरुद्ध थियो।
खानी तथा भूगर्भ विभागले सिमांकन गरेको ५४ हेक्टर क्षेत्रफलमा आईई काम अघि बढाउने सहमति गरेको हो।
अध्यक्ष खालिङले विकास निर्माणमा सबैले सहयोग गरेर समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए।
– अन्नपुर्ण
FACEBOOK COMMENTS