काठमाडौँ — राष्ट्रिय प्रथामिकता प्राप्त आयोजना सोलु करिडोरलाई मन्त्रिपरिषद्ले रूख काट्ने अनुमति दिएको छ।
ओखलढुंगा र सोलुखुम्बुमा पर्ने सामुदायिक वनका रूख काट्ने सहमति नपाउँदा आयोजना निर्माण रोकिएको थियो।
सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी, ओखलढुंगा हुँदै सोलुखुम्बुसम्म निर्माण हुने १३२ केभी विद्युत् प्रसारण लाइन निर्माणको काम अघि बढाउन बाटो खुलेको आयोजनाले जनाएको छ।
उदयपुरतर्फको काम निरन्तर बढे पनि वन क्षेत्र प्रयोग गर्ने विषयमा निर्णय नहुँदा लामो समयदेखि काम अबरुद्ध भएको हो।
उनले अब रूख कटानका प्रक्रिया अघि बढ्ने जानकारी दिए।
— नागरीक
FACEBOOK COMMENTS