काठमाडौं, १३ जेठ – सौंन्दर्य कला ब्यवसायी संघले एकैचोटी ५० हजार रोजगारी सृजना गर्ने भएको छ । नेपाल सरकार, सौंन्दर्य कला ब्यवसायी संघ र नेपाल उद्योग वाणिज्य महासंघले सयुक्त पाइलट प्रोजेक्टको रुपमा २ महिने महिला तथा पुरुष हेयर कटिङ तालिम संचालन गर्न लागेका हुन । उक्त शिप विस्तार परियोजनाले थप ५० हजार रोजगारी सृजना गर्ने संघको दाबी छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेठका अनुसार परियोजनाबाट देशलाई दुई हिसाबले फाईदा हुने बताएका छन् । उनका अनुसार कोभिड–१९ ले रोजगारी गुमाएकाहरुलाई रोजगारी सृजना हुनेछ भने ठुलो रुपमा नेपालबाट भारततर्फ गईरहेको पैसा पनि नेपालमै रोकिने छ । भारतबाट नेपालमा १ अर्बको हाराहारीमा रेमिटेन्स भित्रिन्छ भने नेपालबाट ३ अर्ब रुपैया भारततर्फ जाने गरेको सरकारी आँकडाले देखाउँछ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री पार्वत गुरुङले यस परियोजनाले महिला उद्यमशीलताको क्षेत्रमा सघाउ पुग्ने विश्वास ब्यक्त गर्दै सरकारको प्राथमिकता भएकाले यस क्षेत्रमा नेपाल सरकारले सघाउन लागे बताए ।
सौंन्दर्य कला ब्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले यस परियोजनाको साथ साथै सौन्दर्य ब्यवसायको क्षेत्रलाई आगामी दिनमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर नेपाल सरकारसँग मिलेर कार्यविधि ल्याउन लागिएको पनि बताईन । कार्यविधिले ब्युटिपार्लर मात्र नभएर स्पा हेल्थ क्लब लगायतलाई पनि समेटने उनको भनाई छ ।
FACEBOOK COMMENTS