काठमाडौं, २९ वैशाख – सौंन्दर्य कला ब्यवसाय संघका प्रतिनिधीमण्डलले सोमबार महिला बालबालीका तथा ज्येष्ठ नागरीक मन्त्री पार्वत गुरुङ र सचिव यमकुमारी खतिवडासँग भेट गरि छलफल गरेको छ । छलफल सौन्दर्य ब्यवसाय आगामी दिनमा कसरी सञ्चालन गर्ने र यस क्षेत्रका ब्यवसायीहरुलाई कसरी राहात दिन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो । संघका तर्फबाट सौंन्दर्य कला ब्यवसाय संघकी अध्यक्ष कमला श्रेष्ठ र कर्पोरेट मिडिया ग्रुप तथा फेसियल हाउस प्रालिका संरक्षक उज्वलजंग शाह छलफलमा सहभागी थिए ।
सौंन्दर्य कला ब्यवसाय संघकी अध्यक्ष श्रेष्ठले आगामी दिन यस ब्यवसाय कसरी सञ्चालन गर्ने भन्नेमा आफु र संघका पदाधिकारीहरु बीच छलफल भईरहेकाले मन्त्रालयको पनि सहयोग चाहिएको बताईन् । अध्यक्ष श्रेष्ठले सौंन्दर्य व्यवसाय बन्द गर्ने नेपाल सरकारको निर्देशन पछि यस व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका कुल ५ लाख भन्दा बढि तमाम् सौन्दर्य ब्यवसायी र सौन्दर्यशास्त्रीहरु पूर्णरुपमा प्रभावित भएको दर्शाउदै आफूहरु आफ्नो ब्यवसाय कसरी बचाउने भन्नेमा चिन्तित रहेको कुरा राखेकी थिईन । साथै उनले मन्त्री गुरुङ र सचिव खतिवडालाई महिला वर्गले आफ्नो जायजेथा राखेर सञ्चालन गरीरहेको ब्यवसायको एक अर्ब भन्दा माथिको लगानी जोखिममा परेको जानकारी गराउदै नेपाल सरकारले बैंकिङ प्रणाली सम्वन्धी सहुलियत र पुन कर्जाको ब्यवस्था गरेता पनि अधिकांश महिला ब्यवसायीहरु सहकारी वा समूहगत ऋण लिई सञ्चालन गरेकाले सुविधाबाट बन्चित रहनुपर्ने स्थिती रहेको कुरा राखिन ।
त्यस्तै कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष शाहले यो कोरोना महामारी संसारले थेग्न नसक्ने र निकै लामो समय रहने देखिएकोले यसका विकल्प सहित निजि क्षेत्र र सरकारको पहलमा तार्किक निर्णयमा पुग्नपर्ने बताए । मन्त्री गुरुङले डब्लु एचओले यसको प्रभाब २०२४ सम्म रहने बताईरहेकोले यस क्षेत्र अतिनै जोखिम देखिएकोले ब्यवसाय रुपान्तरण हुन सक्नेलाई अन्य ब्यवसाय गर्न सहयोग गर्ने र नसक्नेलाई कसरी सुरक्षित गरेर सञ्चालन गर्न मन्त्रालयले सहयोग गर्ने बताए । त्यस्तै सचिव खतिवडाले मन्त्रालयले महिला सम्मेलित सबै क्षेत्रमा अध्ययन भैरहेको बताईन् ।
FACEBOOK COMMENTS