काठमाडौं, २८ भाद्र- सौन्दर्य कला ब्यवसाय संघले काठमाण्डौं जिल्ला प्रशासन कार्यलयमा पुगी प्रमुख जिल्ला अधिकारी जनक राज दाहाललाई ज्ञापन पत्र पेश गरेको छ । प्रजिअ दाहाललाई सौंन्दर्य कला ब्यवसाय संघका केन्द्रिय अध्यक्ष कमला श्रेष्ठ र फेसियल हाउसका संरक्षक तथा कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले ज्ञापन पत्र बुझाएका थिए ।
उक्त अवसरमा अध्यक्ष श्रेष्ठले पार्लर हेल्थसंग सम्वन्धीत विषय भएकोले हस्पीटलमा जसरी सजगता अपनाउनुपर्ने हुन्छ, उसैगरि पार्लरहरु पनि विना रोकतोक सञ्चालन गर्न दिनु पर्ने बताए । त्यस्तै शाहले १८ हजार भन्दा ज्यादा ब्युटिपार्लर काठमाण्डौंमा मात्र सञ्चालन रहेको जानकारी गराउदै यस ब्यवसायबाट महिला दिदि बहिनिहरुलाई पलायन हुनबाट रोक्नु पर्ने दायित्व राज्यको रहेको औल्याएका थिए । उनले ब्युटिपार्लर व्यवसायलाई तत्काल सञ्चालन गर्न अनुमती दिन समेत अनुरोध गरे ।
प्रमुख जिल्ला अधिकारी जनक राज दाहालले आगामी सुचनामा पिसिआर रिपोर्ट साथमा राखेर सञ्चालन गर्न दिन सकिने भनाई राखेका थिए ।
प्रेस विज्ञप्ती
विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ कोरोना भाईरसबाट नेपाल समेत प्रभावित बनेको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । जसका कारण राज्य स्तरबाट बन्दाबन्दी, निशेधाज्ञा जस्ता नियमनका कार्यहरु हुँदै आएको छ । यसै सन्दर्भमा सौन्दर्य कला व्यवसाय अन्तर्गतका व्युटी पार्लर एवम् हेयर शैलुनहरु समेत २०७६ साल चैत्र ११ गते यता पूर्ण रुपमा प्रभावित बन्दै आएको छ । चैत्र ११ गते देखी लागु हुँदै आएको बन्दाबन्दीको पालना गर्ने गराउने सवालमा सौन्दर्य कला व्यवसायीहरुको छाता संस्था सौन्दर्य कला व्यवसायी संघले समेत लामो समयसम्म नेपाल सरकारलाई साथ दिदै आएको छ । यद्यपी, संघिय सरकार र स्थानिय प्रशासनबाट जारी सुचना एवम् निर्देशनको परिपालना गर्दै निरन्तर रुपमा करिब साढे पाँच महिनासम्म व्यवसाय बन्द गर्दै आईएको हुँदा हाल अधिकांश सौन्दर्य कला व्यवसायीहरु र यस व्यसायमा आश्रित श्रमिक वर्गलाई दैनिकी गुजार्न समेत मुश्किल परिरहेको व्यहोरा जानकारी गराउन चाहन्छौ । सर सापट, घरका गहना राखी ॠण लिएर स्वरोजगारमुखी व्यवसाय संचालन गर्दै आएका तमाम दिदि बहिनिहरु घर भाडा, व्याज, ॠणको किस्ता, कर्मचारीलाई तलब जस्ता दायित्व निर्वाह गर्न वाध्य बनि रहेका छन्। स्वास्थ्य संकटसँगसंगै आर्थिक संकट समेत बढदै गईरहेको यस परिवेशमा एकातिर दैनिकि गुर्जान गार्हो भएको छ भने व्यवसाय संचालन गर्न नपाउँदा ॠणको भारले उल्टो स्वरोजगारमुखी पेशा व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना गरेको छ । यससँगसंगै कतिपय दिदी बहिनीहरु डिप्रेसनमा जाने, आत्महत्याको प्रयास गर्नेसम्मका घटनाहरु भएका छन्।यस संघले कोरोना भाईरसबाट जोगिदै, सतर्कता अपनाएर कसरी काम गर्न सकिन्छ भनेर नेपाल सरकारलाई कार्य विधिसमेत हस्तान्तरण गरीसकेको पनि छ । यद्यपी यस ब्यवसायलाई हाल पनि संचालन गर्न दिईएको छैन । त्यसैले लामो समय बन्द व्युटी पार्लर व्यसायलाई तत्काल सुचारु हुने गरि गराउन मार्ग प्रशस्त गर्न सरकारलाई अनुरोध गर्दछौं ।अन्यथा, यसरी लाखौ रोजगारी श्रृजना गर्ने लाखौले ब्यवसाय गरीरहेको ब्युटीपालरहरुलाई खुला नगर्ने हो भने अधिकांश व्युटीसियन र उनीहरुको घर परिवारका सदस्यहरु भोकभोकै बस्नु पर्ने अवस्था आउने हुँदा यसको जिम्मा राज्यले लिनुपर्छ भन्ने माग राख्न चाहन्छौ ।
कमला श्रेष्ठ
अध्यक्ष
नेपाल सौंन्दर्यकला ब्यवसायी संघ
FACEBOOK COMMENTS